Logo

खुलामञ्चमा खाना खुवाउने क्रम जारी, अब महानगरले के गर्ला ?



काठमाडौंको खुलामन्चमा विपन्नहरुलाई खाना खुवाउने क्रम मंगलबार पनि जारी रह्यो ।
खाना खाने समयमा नियमित जस्तै मानिसहरु लामबद्ध भएर बसे अनि हाम्रो टिम नेपालका स्वयम् सेवकहरुले खाना वितरण गरे ।
काठमाडौं महानगरपालिकाले भाइटीकापछि खुलामन्च तथा सार्वजनिक स्थानमा खाना खुवाउने तथा वितरण गर्ने कार्य बन्द गर्ने जनाएको थियो । महानगरले एकतर्फी निर्णय गरेपछि चौतर्फी आलोचनासमेत भएको थियो ।
लगत्तै निःशूल्क खाना वितरण गरिरहेको संस्था हाम्रो टिम नेपालसँग महानगरले सहमति गरी खाना खुवाउन पार्टी प्यालेज खोज्ने निर्णय भएको थियो ।
आज प्याकेटमा खाना दिने तयारी गरेका थियौं, तर, उहाँहरु पहिले जसरी नै खाना माग्नु भयो, हामीले वितरण गर्यौं, टिम नेपालका अध्यक्ष विमल पन्तले बताए ।
पहिले जसरी नै खाना खुवाइएपछि महानगर दबाबमा परेको छ । वैकल्पिक ठाउँ खोजिदिने वा त्यसै बन्द गरिदिने भन्नेमा महानगर लागेको जनाइएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंमा सडकमै बसेर खाना खानुपर्ने बासिन्दा नभएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्