Logo

नेवार समुदायमा आज किजा पूजा, के हो किजा पूजा ?



काठमाडौं ।
तिहार अन्तर्गत नेवार समुदायमा किजा पूजा गरिँदै छ ।
आज दिदीबहिनीले दाजुभाइलाई पूजा गरी टीका माला लगाइदिने प्रचलन छ । सोझो अर्थमा यो भाइटीका हो ।
सरकारले किजा पूजाको अवसरमा आज देशभर सार्वजनिक विदा दिएको छ ।
विशेषगरी यो पर्व काठमाडौंको नेवार समुदायले मनाउने गर्दछ ।
भाइटीकाको अघिल्लो दिन म्हः पूजा गर्ने प्रचलन पनि नेवार समुदायमा रहेको छ ।
हिजो भाइटीका नलगाएका समुदायले आज पनि भाइटीका लगाउँदै छन् ।
भाइटीकाकै लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि खुला गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्