Logo

हङकङको नेपाली रेस्टुरेन्टमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ११ पुग्यो, थप सात जना सिकिस्त




काठमाडौं
हङकङस्थित नेपाली रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । मृतक सबै नेपाली रहेको गैरआवासीय नेपाली संघले जनाएको छ।
मृत्यु हुनेहरुमा तीन नेपाली परिवारका सदस्य रहेको जनाइएको छ । मृतकमध्ये सात जनाको पहिचान भएको छ ।
उक्त आगलागीमा परी ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल र ३९ वर्षीय शेरबहादुर गुरुङको मृत्यु भएको छ । यसैगरी, ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङको पनि मृत्यु भएको छ ।
घाइते भई अस्पताल भर्ना गरिएका थप सात जनाको अवस्था गम्भीर रहेको छ । दीपावली तथा जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगो लागेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्