Logo

हङकङको नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा ७ नेपालीको मृत्यु




काठमाडौं ।
हङकङको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा सात जना नेपालीको मृत्यु भएको छ । अठार जना घाइते भएका छन् ।
आगलागीबाट नौ वर्षीय बालकको समेत मृत्यु भएको छ । ्
मृत्यु हुनेमा चार पुरुष र तीन जना महिला रहेका छन् । त्यस्तै गम्भीर अवस्थामा तीन पुरुष र चार महिलाको अस्पतालमा उपचार भइरहेको छ । केही घाइते भने डिस्चार्ज भएका छन् ।
क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो ।
जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगलागी भएको बताइएको छ ।
हंगकंग प्रहरीका एक प्रवक्ताले उक्त रेस्टुरेन्टले संचालन अनुमति लिएको थियो कि थिएन भन्ने बारे अनुसन्धान भइरहेको बताए।
आइतबार राति भएको सो आगलागी हङकङमा गत एक दशक यता भएका सबैभन्दा खराब आगलागीहरु मध्ये एक भएको समाचारहरुमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्