Logo

र्‍याप शैलीको अर्थ लिएर आए निर्जन रिजाल



सांगितीक क्षेत्रको र्‍याप शैलीलाई नेपाली युवाहरुले पनि पछ्याउन थालेका छन् । यो क्रम दिनदिनै बढ्दै गएको छ । अध्ययन र रोजगारीको सिलसिलामा विदेशमा रहेका युवाले पनि र्‍याप गीत लेख्न, कम्पोज गर्न र गाउन थालेका छन्।

वितेका केही वर्षदेखि अष्ट्रेलियामा रहेका निर्जन रिजाल र उनको समूहका सदस्यले हालैमात्र अर्थ शीर्षकमा नयाँ भिडियो सार्वजनिक गरे जसमा तन्नेरीहरुका लागि जीवन–वोधको आग्रह गरिएको छ। सेरप म्युजिक प्रोडक्सनका नाममा बाहिर ल्याइएको अर्थमा निर्जनलाई सन्तोष अधिकारीले आवाजमा साथ दिएका छन्।

निर्जन आफैँले निर्देशन गरेको र निशाल सिलवालको अभिनय रहेको यो गीतमा भने युवाहरुले बाँचिरहेको समय र सोचलाई हस्तक्षेप गर्न खोजिएको छ। समकालमा युवाहरुका कृत्रिम चाहना, ढोंग र अर्थहीन सपनाहरुले उनीहरुको जीवन अस्तित्वपूर्णभन्दा खोक्रो रहेको आशय गीतमा अभिव्यक्त छ।

त्यसैले आफ्नो जीवनको साँचो अर्थ के हो र कस्तो हुन्छ भन्ने खोज्न आग्रह गीतले गरेको छ। कतिपय खुशी वाहिरभन्दा अन्तर्यमा हुने तर्क शब्द र यसको भावको छ। चितवन, टाँढी स्थायी वसोबास रहेका रिजालले बाँचेको जीवनको तात्पर्य खोज्न युवाहरुलाई झकझक्याउन सकियोस् भनेर र यो थीममा गीत बनाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्