Logo

नेपालले बंगलादेशसँग मुजिब बोर्सो फुटबल सिरिज खेल्दै



नेपालले आज बंगलादेशसँग मुजिव बोर्सो अन्तर्राष्ट्रिय फुटबल सिरिज खेल्दै छ । बंगबन्धु रंगशालामा नेपाली समय अनुसार शुक्रबार अपरान्ह पौने ५ बजेदेखि खेल शुरु हुने छ ।

शुरुमा मैत्रीपूर्ण फुटबल भनिए पनि अहिले आएर बंगलादेश फुटबल फेडरेशनले मुजिब बोर्सो सिरिज नामकरण गरेर ट्रफी नै सार्वजनिक गरेको छ । २ म्याचको सिरिज जित्ने टिमले ट्रफी पनि पाउने छ । उक्त सिरिजका लागि गत विहीबार नेपाली टिम ढाका आएको हो । नेपाली टिमले म्याचका लागि सबै तयारी पूरा गरेको जनाएको छ ।

नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले तयारी राम्रो भएको बताए ।
यस्तै कप्तान किरण चेम्जोङले पनि नेपाली टिम सबैकुराले बंगलादेशलाई पराजित गर्न सक्षम रहेको बताउँदै फुटबल सामूहिक गेम भएकाले कुनै एक जना खेलाडीमा नेपाली टिम भर नपर्ने प्रष्ट पारेका छन् । कोरोनाको महामारीका बीचमा शुरुहुन लागेको यो सिरिजमा दर्शकहरुले पनि प्रवेश पाउने भएका छन् ।

कम्तिमा ८ हजार दर्शकलाई मैदान प्रवेश गर्न दिने गरि टिकट बेचिएको छ ।

प्रतिक्रिया दिनुहोस्