Logo

कर उठाउनका सरकार आफै महामारी फैलाउदै, यातायात कार्यालयमा थेगिनसक्नु भीड



कोरोनाको निःशुल्क परिक्षण र उपचारका लागि पटक पटक सर्वोच्च अदालतको आदेशको समेत उपेक्षा गरेको सरकारले कर उठाउनका लागि कोरोनाबाट बच्ने उपायको समेत उपेक्षा गरेको छ । राजधानीमा महामारी तिव्र बन्दै जाँदा सरकारले कर उठाउनका लागि यातायात कार्यालयमा मानिसको भीड जम्मा गरिरहेको छ ।

लामो समयको लकडाउन र निषेधाज्ञाका कारण रोकिएका नयाँ सवारी लाइसेन्स बनाउने, नवीकरण गर्ने, राजस्व तिर्ने लगायतका कामका लागि यातायात कार्यालयमा मानिसहरूको थेगिनसक्नुको भीड देखिन्छ ।

सरकार पनि कर उठाउनका लागि निर्धक्क भीड जम्मा गर्न दिइरहेको छ । अझ यातायात कार्यालयमा पुग्नेहरुले कोरोना महामारीकाबीच न सामाजिक दूरीको पालाना गरेका छन, न मास्क, त सेनिटाइजर सुरक्षाका उपायहरु नै अपनाएको देखिन्छ । त्यती मात्र नभएर राती दुईवजेदेखि लाइनमा बस्ने गरेका सेवाग्राहीहरू एकअर्कामा टाँसिएर लाइनमा बसेका देखिन्छन् ।

तर सरकार भने कोरोनाबाट जोगिन सुरक्षाका उपाय अपनाउनका नागरिक नै सचेत हुनुपर्ने बताउने गरेको छ । कोरोना महामारीकाबीच यातायात कार्यालयमा भएको यो खचाखच भीडलाई सहज बनाउनका लागि कुनै काम गरेका देखिदैन् । आम नागरिकको भीडभाड हुने सरकारी कार्यालयमा सरकार स्वास्थ्य सुरक्षाका उपाय अपनाउनुको साटो नागरिकलाई दोष दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्