Logo

प्रधानमन्त्री अब बालुवाटारबाटै उड्ने




प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ ।
हेलिप्याड निर्माणपछि प्रधानमन्त्रीको पहिलो उडान र अबतरण बुधबार गरिएको छ । बुधबार संखुवासभा गएका प्रधानमन्त्रीको उडान बालुवाटारबाटै गरिएको र अबतरण पनि बालुवाटारमै गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्ड अनुसार नै हेलिप्याड निर्माण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको उडान र अबतरण बालुवाटारबाट नै हुने भएपछि प्रधानमन्त्रीको यात्राका क्रममा बालुवाटारदेखि विमानस्थलसम्म हुने ट्राफिक समस्या हट्ने दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्