Logo

वीपी र गणेशमान : एकअर्कामा पूरक मात्र होइन यस्ता समान पनि थिए



नेपालको प्रजातान्त्रीक आन्दोलन र नेपाली कांग्रेसको राजनीतिमा वीपी कोइराला र गणेशनमान सिंह एक अर्काका पूरक थिए । नेपाली कांग्रेसले थालेको प्रजातन्त्रीक आन्दोलन अगाडि बढाउन वीपी कोइराला विना संभव नभए जस्तै, वीपी कोइरालाको सफलता गणेशमान सिंहको साथ विना संभव थिए । यस्तै वीपी कोइराला र गणेशमान सिंहका केहि विषेश कुराहरुमा पनि समानता पाइने गर्दछन् ।

विश्वेश्वरप्रसाद कोइरालालाई महामानव तथा युगपुरुषको उपनामले पुकारिएजस्तै अर्का नेता गणेशमान सिंहलाई सर्वोच्च नेता तथा लौहपुरुषको उपनामले पुकारिन्छ । त्यतिमात्र होइन, दुवै नेतालाई परिवारका मान्छेले बोलाउने नाम पनि थिए । बिपी कोइरालाको पारिवारिक नाम सान्दाजु भएजस्तै गणेशमान सिंहको पारिवारिक नाम हीराकाजी थियो ।

त्यसै गरि बिपी वि.सं. १९७१ भदौ २४ गते जन्मिएका थिए भने गणेशमानचाँहि त्यसको ठीक १४ महिनापछि वि.सं. १९७२ कात्तिक २४ गते जन्मिए । कुनै पनि विषयको निर्णय लिने कुरामा बिपीको निर्णयात्मक खुबी थियो भने गणेशमानमा चाहिँ अडान लिने खुबी थियो । यी दुवैका यस्ता खुबीले गर्दा भारतको वनारसमा जन्मेको नेपाली कांग्रेस पार्टीले २००७ सालमा नेपालबाट एकतन्त्रीय राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्