Logo

जमेकी छन् शिव हमालकी नयाँ ‘निरमाया’ बजारमा (भिडियो )



काठमाडौ । संख्यात्मक भन्दा गुणात्मक गीत संगीत सृजना गर्ने लोकप्रिय सर्जक हुन् शिव हमाल। पछिल्लो समय उनका सृजनाहरु दर्शक स्रोताको अत्याधिक रोजाइमा पर्दै गएका छन् । हप्तै पिच्छे उनका सृजनाहरु बजारमा आइरहेका हुन्छन् ।

यसैबीच, केही दिन अघि मात्रै उनको उत्कृष्ट सृजनामा एउटा गीत बजारमा आएको छ। “निरमाया” बोलको उक्त गीतलाई यतिबेला धेरैले रुचाउँन थालेका छन्। शिवकै शब्द अनि संगीत रहेको उक्त गीतमा लोकप्रिय गायिका अन्जु पन्त, गायक निश्चल गुरुङ र रबिन गुरुङको सुमधुर आवाज रहेको छ।

“मृत्यु निश्चित छ। पीडा अनि दुस्ख भन्ने चिज जोकोहीलाई हुने गर्छ। पीडा साँचेर आफुलाई कमजोर बनाउनु भन्दा आफुमा जे छ त्यसैमा खुसी भइ, पीडा भुली जीवन खुसीमय तरिकाले बिताउनु पर्छ”भन्ने भावलाई सर्जक हमालले गीतमा उत्कृष्ट तरिकाले उतारेका छन् । हरेक सृजना पृथक गर्न रुचाउने उनले यसगीतमा पनि पृथकपन दिएका छन् । गायिकिको कुरा गर्नु पर्दा अन्जु र निश्चलको आवाज उत्कृष्ट नै छ। तर अन्जुको आवाजमा लोकपन भनेजती नआएको होकि भन्ने आभास सुन्ने स्रोतालाई चाहिँ हुन सक्छ। यद्यपि, अन्जु र निश्चलको आवाजमा गीत मिठासयुक्त बनेको छ।

गीतको अडियोसंगै भिडियो पनि दमदार बनेको छ। भिडियोमा लोकप्रिय नायक पुष्प खड्का, गायक तथा मोडल चक्र बम र चर्चित डान्सर कविता नेपालीको धमाकेदार डान्स देख्न सकिन्छ। डान्स संगै भिडियोमा मनछुने कथा पनि देखाइएको छ।

भिडियोलाई निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् ।अजय रेग्मीले आकर्षक फ्रेममा खिचेको भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका हुन् । गीतको भिडियो सर्जक शिव हमालकै अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो

प्रतिक्रिया दिनुहोस्