Logo

शिलान्यास भएको एकवर्षपछि नागढुंगा–सिस्नेखोला सुरुङ खन्न तिहारपछि सुरु

सकिएला त तोकिएको ४२ महिनामा काम ?



नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाले सुरुङ खन्न तिहारपछि सुरु गर्ने भएको छ । शिलान्यास भएको एकवर्षपछि बल्ल सुरुङ खन्ने काम सुरु हुन लागेको हो । आयोजनाले कोरानाका कारण काम रोकिएर ढिला भएको जनाएको छ ।

सुरुङ खन्दा आवश्यक पर्ने सपोर्ट राख्ने काम अहिले भइरहेको आयोजनाको भनाई छ । सपोर्ट राख्ने काम सकेर तिहार लगतै सुरुङ खन्ने काम सुरु हुने बताइएको छ । सुरुङ खन्न आवश्यक पर्ने विस्फोटक पर्दाथ ल्याउन नेपाली सेनासंग स्वीकृति लिइसकेको छ । सुरुङ खन्नका लागि नौ सय टन विस्फोटक पदार्थ लाग्ने गर्दछ ।

आयोजना शिलान्यास भएको एक वर्ष पुरा भइसकेको छ । ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने संझौतामा उल्लेख छ । तर सुरुङ निर्माणको कामले जति गति लिनुपर्ने हो, त्यति गति लिन सकेको छैन् । आयोजनाले आयोजनामा चाहिने जापानी प्राविधिक नेपाल आइसकेकोजनाएको छ ।

निर्माण स्थलमा अहिल २० जना प्राविधीक र दुई सय कामदार रहेको आयोजनाले जनाएको छ । त्यसैगरि आयोजनास्थलमा निर्माणका लागि प्रयोग हुने ९८ प्रतिशत इक्विपमेन्ट पनि निर्माण स्थलमा आइसकेका छन् । मुआब्जाको काम ८५ प्रतिशत टुंगिइसकेको बताइएको छ । तर धादिङ तर्फ भने केहि समस्या अझै बाँकी छ ।

विस्फोटक पदार्थ, मुआब्जा र कोरोनाका कारण समस्याले गर्दा आयोजनाको काम समयमै सुरु हुन नसकेको आयोजनाको दाबि छ । अब तोकिएकै समयमा आयोजना सम्पन्न गर्न समस्या हुने देखिएको आयोजनाको भनाई छ ।

जापानी कम्पनी हाज्मा एन्डोले आयोजना निर्माणको जिम्मा लिएको छ । २ दशमलव ६८ किमि दूरी रहने सुरुङ निर्माणका लागि जापानको साढे १६ अर्ब ऋण सहयोग छ । निर्माण ठेक्का भने साढे २२ अर्ब रुपैयाँको छ । जसमा ६ अर्ब नेपाल सरकारको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्