Logo

कांग्रेसको १४ औं महाधिवेशन : महामन्त्रीको तयारी एक दर्जन नेता



नेपाली कांग्रेसले आगामी फागुनका लागि निर्धारण गरेको १४ औं महाधिवेशन हुने निश्चित अझै छैन् । महाधिवेशन हुने निश्चित नभएपनि आगामी नेतृत्वका लागि नेताहरु आन्तरिक तयारी भने तिव्र रुपमा गरिरहेका छन् । सभापतिका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइराला, कृष्ण सिटौलाले तयारी गरिरहेका छन् ।

त्यसैगरि सभापति पछिको शक्तिशाली पद दुई महामन्त्रीका लागि झण्डै एक दर्जन नेताहरुले दाबि प्रस्तुत गरिरहेका छन् । महामन्त्री पदका लागि डा रामशरण महत, डा मिनेन्द्र रिजाल, सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाण, एनपी साउद, नविन्द्रराज जोशी, धनराज गुरुङ, डा चन्द्र भण्डारी, रमेश लेखक गगन थापाले आकांक्षा व्यक्त गरिरहेका छन् ।

सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाण, एनपी साउद, रमेश लेखक १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा समुहबाट महामन्त्रीको आकांक्षी व्यक्त गरेका छन् । त्यसैगरि नेता रामचन्द्र पौडेलको समूहबाट केन्द्रीय सदस्यहरु डा. रामशरण महत, डा मिनेन्द्र रिजाल, नविन्द्रराज जोशी, धनराज गुरुङ, डा. चन्द्र भण्डारी, गगन थापाले महामन्त्रीमा उमेदवार बन्ने चाहना राखेको बताइन्छ ।

डा. रामशरण महतले आफू नेता पौडेलपछिको सिनियर नेता भएकाले नेतृत्वमा पनि दाबी रहेको बताएका छन् । उनले देउवाविरुद्ध टिम मिलाउन सकेमा महामन्त्रीमा पनि बस्न तयार रहेको आफू निकट नेताहरुसँग बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्