Logo

नेकपा नेता एंव पूर्व गृहमन्त्री शर्मा र पत्नी लक्ष्मीलाई कोरोना संक्रमण पुष्टि



नेकपा नेता एंव पूर्व गृहमन्त्री जनार्दन शर्मा र उनकी पत्नी लक्ष्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको परीक्षणमा शर्मा दम्पतीमा कोरोना संक्रमण देखिएको हो । उनमा हल्का ज्वरो आएपछि शंका लागेर स्वाब परीक्षण गरिएको थियो ।

आइतबार बिहान फेसबुकमा स्टाटस राख्दै शर्माले आफूलाई संक्रमण भएको जानकारी दिएका छन् । केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन प्रभाकरले अनुरोध गरेका छन् ।

शर्मा कोरोना पुष्टी भएसंगै होम आइसोलेसनमा छन् । भाई अनिल शर्मालाई पनि कोरोना संक्रमण देखिएपछि शर्माको परिवार होम आइसोलेसनमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्