Logo

काठमाडौं उपत्यकामा ३१०७ सहित थप ५७४३ जनामा कोरोना पुष्टि



पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ७४२ नमुना परीक्षण गर्दा ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये ३१०७ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ, जसमध्ये ७९१ जनाको मृत्यु भएको छ भने ९९ हजार ६०५ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र २९९६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ४४ हजार ४७६ संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्