Logo

पूर्व एमाले एक भएर प्रचण्डलाई एक्ल्याउने ओलीको प्रस्ताव

पूर्वमाओवादीले समेत साथ छोडेको अवस्थामा दाहाललाई कर्नर पार्ने उपर्युक्त समय भएको निष्कर्ष



नेकपा अध्यक्ष एंव प्रधानमन्त्री केपी ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपालसंग पूर्व एमाले एक भएर अर्का अध्यक्ष पुष्पकमल दाहाललाई एक्ल्याउने प्रस्ताव अगाडि सारेका छन् । पार्टीका वरिष्ठ नेता माधव नेपाललाई बाइवास गर्दै पुष्पकमल दाहालसंग सहकार्य गरिरहेका ओलीले मंगलवार नेपालसंग दुई घण्टा छलफल गरेका थिए ।

स्थायी कमिटीका निर्णय कार्यान्वयनबारे प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच लगातार छलफल हुँदा पनि कुनै सहमति नभएपछि ओलीलाई दाहाललाई एक्ल्याउने प्रस्ताव अगाडि सारेका हुन् । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदा ओली र नेपाल समूह एक ठाउँ भएका थिए । पछि दाहाल र नेपाल समूहबीच सहमति भएपछि कर्णालीको राजनीतिमा नयाँ मोड आएको थियो ।

ओलीले अहिले पूर्व माओवादीका धेरै नेताहरुले दाहाललाई छोडिसकेको र पूर्व एमाले एक भएमा दाहाललाई कर्नरमा पार्न पार्ने सहज समय भएको नेपाललाई बताएका थिए । पूर्व माओवादीका रामबहादु थापा बादल, हरिबोल गजुरेल, लेखराज भट्ट लगायतका नेताहरुले दाहालको साथ छोडिसकेको अवस्थामा पूर्व एमाले नेताहरुको साथले मात्र दाहाल बलियो बनेको ओलीको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्