Logo

चिनियाँ सैनिकलाई मुक्त गर्न अरु केही दिन लाग्न सक्छ – भारतीय सेना



काठमाडौं । भारतको नियन्त्रणमा रहेका एक चिनियाँ सेैनिकलाई केही दिनमा रिहा गरिने भारतीय सेनाले जानकारी दिएको छ ।

हिन्दुस्तान टाइम्समा उल्लेख भएअनुसार गत सोमबार पूर्वी लद्दाखको डेम्चोक क्षेत्रमा ती चिनियाँ सैनिक भारत नियन्त्रित क्षेत्रमा प्रवेश गरेका थिए ।

भारतीय सेनाका एक अधिकृतले बताएका छन् ‘चिनियाँ सेनालाई मुक्त गर्न केही प्रक्रियाहरु पूरा गर्नु पर्ने हुन्छ । उनीमाथि जासुसीको शंका अहिले निवारण भइसकेको छ ।’ ती अधिकृतले भने, ‘नियन्त्रणमा भएका वाङ या लोङ बिरामी थिए । उनलाई स्वास्थ्य उपचारको सुविधा दिइएपछि उनी निको भएका छन् । उनीसँग चिनियाँ भाषा जान्नेबाट सोधपुछ पनि गरियो ।’

लोङलाई चिनियाँ जनमुक्ति सेनाको जिम्मा लगाइनेछ । चुुशुल – मोल्डो सीमा क्षेत्रमा चिनियाँ पक्षको जिम्मा लगाइने ती भारतीय सैन्य अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्