Logo

नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री आचार्यलाई कोरोना संक्रमण



नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री मनोजमणी आचार्यलाई कोरोना संक्रमण पुष्टी भएको छ । आचार्यले आइतवार स्वाव परिक्षणका लागि दिएको र आज रिपोर्ट पोजेटिभ आएको छ ।

कोरोना संक्रमण पुष्टी भएपछि आचार्यले विश्वभर फैलिएको कोरोना संक्रमणको महामारीबाट अछुतो रहन नसकिएको भन्दै परिक्षणको रिपोर्ट पोजेटिभ अर्थात मलाई कोरोना संक्रमण भएको जानकारी आएको फेसबुकमा लेखेका छन् ।

उनले घरकै आइसोलेसनमा रहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । उनले आफुसंग सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य सजगता अपनाउन पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्