Logo

उपचार खर्च डिपोजिट नगरि कोरोना संक्रमितको उपचार नगर्ने सरकारी अस्पतालको उर्दी



सरकारले कोरोना संक्रमितको उपचार खर्च संक्रमित आफैले बेहोर्नुपर्ने निर्णय गरेको भोलीपल्टै सरकारी अस्पतालहरुले अनुमानित उपचार खर्च डिपोजिट गर्न उर्दी जारी गरेका छन् । निजामति अस्पतालले उपचार खर्च डिपोजिट गर्न सुचना निकालेर उर्दी जारी गरेको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालले कम्तिमा पाँच दिनको शुल्क डिपोजिट गर्न भनेका छन् । दुबै अस्पतालले संक्रमितले उपचारका लागि सुरुमै ५ दिनको उपचार खर्च ३५ सय रुपैयाँदेखि १५ हजारसम्म डिपोजिट गर्नुपर्ने जनाएका छन् ।

सरकारले गरेको निर्णयअनुसार सामान्य लक्षण देखिएकाले दिनको ३५ सय, मध्यम लक्षण भएकाहरुले ७ हजार र आईसीयूमा भर्ना हुनेहरुले १५ हजार तिर्नुपर्ने ती अस्पताल प्रशासनले जनाएको छ । खाना औषधि र अरु इन्भेस्टिगेसन यही डिपोजिटभित्रै पर्ने अस्पतालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्