Logo

कोरोना अपडेट : काठमाडौं उपत्यकामा १७४६, पछिल्लो २४ घण्टामा १२ जनको मृत्यु



काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १७४६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ गरि काठमाडौं उपत्यकामा १७४६ संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार १६७ कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ८०० संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ । कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्