Logo

प्रधानमन्त्रीले बोलाएको छलफलमा सहभागि हुन प्रचण्डद्धारा अस्वीकार



नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले छलफलका लागि वालुवाटारमा बोलाएको निम्तोलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अस्वीकार गरेका छन् । ओलीले आज बिहान कार्णालीमा देखिएको विवाद संयुक्तरुपमा दुबै पक्षसँग छलफल गर्ने भन्दै निम्तो दिएका थिए ।

तर सो छलफलमा कार्यकारी अध्यक्ष दाहालले नजाने निधो गरेका छन् । ओलीले बालुवाटारमा बिहान ११ बजे नेकपा कर्णालीका दुबै पक्षका सांसदहरुलाई छलफलका लागि बोलाएको र दाहाललाई पनि बोलाइएको थियो ।

अध्यक्ष दाहालले ओलीलाई पहिले तपाईँ एक्लै आफ्ना साथीहरुसँग छलफल गरेर उनीहरुको कुरा सुन्न आग्रह गरेका थिए ।

ओलीले मुख्यमन्त्री शाही, पार्टी अध्यक्ष गोरखबहादुर बोगटी, सहइन्चार्ज यामलाल कँडेल, हालै प्रमुख सचेतकबाट निलम्बित गुलावजंग शाह, पार्टी पार्टी सचिव मायाप्रसाद शर्मासँगै अन्य नेताहरु प्रकाश ज्वाला, चन्द्रबहादुर शाहीलगायतलाई छलफलका लागि बोलाएका हुन् ।

बिहीबार दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना समूहका मुख्यमन्त्री शाही, अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसद र अन्य केही नेताहरुलाई छुट्टै भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्