Logo

सभापतिका आकांक्षी यी ६ नेताका हेर्नुस ६ दाउ



नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति अन्यौल भएपछि नेतृत्व हत्याउनका लागि रस्साकस्सी भने कम भएको छैन् । फागुनमा महाधिवेशनको मिति तय भएपनि सो अनुसारको काम अगाडि बढाउन नसक्दा महाधिवेशनको मिति अन्यौलमा परेको छ ।

तर महाधिवेशनका लागि कांग्रेसका धेरै नेताहरुले महाधिवेशनमा सभपातिको उमेदवार बन्ने आकाक्षा देखाएका छन् । झण्डै एक दर्जन नेताहरुले आकांक्षा देखाएपनि अन्तिम समयसम्म सभापतिको रेसमा देखिने सभापतिका आकांक्षीहरुमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधी, महामन्त्री डा शाशंक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा शेखर कोइराला हुन् ।

उनीहरु मध्ये सभपाति शेरबहादुर देउवा आफु इतर पक्षबाट धेरै सभापतिका आकांक्षी भएकाले आफु चुनावमा उत्रने दाउमा छन् । उनी आफु इतर पक्षबाट धेरै उमेदवार बनाउने रणनीतिमा देखिन्छन् ।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो समुहबाट सर्बसम्मत उमेदवार बनेर सभपपति देउवालाई पराजित गर्ने रणनीतिमा छन् । पौडेल आफ्नो समुहका नेताहरु एकले अर्कोलाई स्वीकार गर्न नसक्ने वातावरणमा आफु सर्वसम्मत उमेदवार हुनेमा ढुक्क देखिन्छन् ।

कांग्रेस नेता महेन्द्रनारायण निधीका छोरा उपसभापति विमलेन्द्र निधी सभापति शेरबहादुर देउवाको उत्तराधिकारीका रुपमा सभपातिको उमेदवार बन्ने इच्छा छ । निधीले यो कुरा सभापति देउवालाई पनि जानकारी गराईसकेका छन् । यद्यपी देउवाले उनलाई उत्तराधिकारीका रुपमा स्वीकार नगरेको अवस्थामा देउवा इतर समुहका असंतुष्ट नेताहरुलाई समेटेर सभापतिको उमेदवार बन्ने रणनीतिमा छन् ।

महामन्त्री डा शशांक कोइराला सभपातिको प्रवल दाबेदार हुन् । उनी वीपी कोइरालाका कान्छा सुपुत्र तथा कांग्रेसका महामन्त्री भएकाले कोइराला परिवारको लिगेसीको उमेदवार बन्नेमा ढुक्क देखिन्छन् । उनी देशभरका नेता कार्यकर्ताले वीपी कोइरालाको पुत्रका रुपमा सवैले स्वीकार गर्दछन भन्ने दाउमा देखिन्छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह गणेशमान सिंहका पुत्र सभापतिमा पिताको विरासतका आधारमा उमेदवार बन्ने दाउमा देखिन्छन् । उनी रामचन्द्र पौडेल समुह आफु पौडेलको उत्तराधिकारीमा रुपमा उमेदवार बन्ने दाउमा छन् ।

डा शेखर कोइराला कोइराला परिवारको लिगेसीलाई टेकेर उमेदवार बन्ने दाउमा छन् । उनी महामन्त्री डा शशांक कोइरालालाई रोकेर कोइराला परिवारको लिगेसीको उमेदवार बन्ने हरप्रयासमा छन् ।

प्रतिक्रिया दिनुहोस्