Logo

आज ६५ औं प्रहरी दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै



नेपाल प्रहरीले बिहीबार विशेष समारोहको आयोजना गरी ६५ औं प्रहरी दिवस मनाउँदैछ । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ । दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले विशेष समारोहको आयोजना गरेको छ ।

संगठनभित्रबाट सर्वोत्कृष्ट ट्राफिक प्राविधिक, व्यवस्थापक, प्रशिक्षक, खेलाडी, अनुसन्धानकर्ता, आन्तरिक तथा बाह्य प्रशिक्षक, दैविक प्रकोप उद्धारक, उत्कृष्ट सामदायिक प्रहरी लगायत सम्मानित गर्ने कार्यक्रम रहेको छ ।

दिवसको अवसरमा विभिन्न जिल्लाका प्रहरी कार्यालयले पनि विविध कार्यक्रम आयोजना गरेका छन् । रक्तदानदेखि सरसरफाइ कार्यक्रमसम्म गरेर यो दिवस भव्यताका साथ मनाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्