Logo

पुर्नगठनपछि पहिलो मन्त्रीपरिषदको बैठक बस्दै, के के होलान एजेण्डा ?



प्रधानमन्त्री केपी ओलीले मन्त्रीमण्डल पुर्नगठन गरेपछि पहिलो मन्त्रीपरिषदको बैठक आज साँझ पाँच वजे बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

नयाँ पुनर्गठनमा नेता विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै शहरी विकास मन्त्री नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ भएका छन्। लीला श्रेष्ठलाई महिला बालबालिका तथा सामाजिक विकास मन्त्री बनाइएको छ।

महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ। नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएर पदभारसमेत ग्रहण गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्