Logo

कांग्रेस नेताहरुद्धारा अध्यक्ष बिष्टमाथि आक्रमण गर्नेलाई कारवाहीको माग



बैतडीको सुर्नया गाउँपालिका अध्यक्ष रहेका नेपाली कांग्रेसका नेता बीरबहादुर बिष्टमाथि भएको सांघातिक आक्रमणमा संलग्नलाई कारवाही गर्न कांग्रेसका नेताहरूले माग गरेका छन्। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैतडीको सुर्नया गाउपालिकाका अध्यक्ष वीरबहादुर विष्टमाथि आक्रमण गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

वरिष्ठ नेता पौडेलले सामाजिक संजालमा अध्यक्ष विष्टमाथि भएको आक्रमणको भत्सर्ना गरेका छन् । उनले गाँउपालिकाको केन्द्रका विषयमा छलफल चलिरहेको बेलामा आक्रमण गरी अध्यक्ष विष्टलाई गम्भीर घाइते बनाइएको उल्लेख गरेका छन् । उनले अपराधिक क्रियाकलापमा संलग्नमाथी यथाशिघ्र कार्वाहीको माग गरेका छन् ।

विष्टमाथि आक्रमण गर्नेमाथि कारवाही गर्न केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले माग गरेका छन्। नेता जोशीले ट्वीटरमा बिष्टमाथि गरिएको सांघातिक आक्रमणको घोर निन्दा गर्दै दोषीमाथि छानबिनसहित कडा कारवाहीको माग गरेका छन् ।

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि अध्यक्ष बिष्टमाथि आक्रमण गर्नेलाई यथाशीघ्र कारवाही गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्