Logo

बाजेको सेकुवाका ७ जना कर्मचारीमा कोरोना



राजधानीमा संचालित वाजेको सेकुवाकाका किचनमा काम गर्ने सेफ सहित केहि कर्मचारीमा कोरोना देखिएको छ । वाजेको सेकुवाको गैरीधारामा र वत्तिसपुतलीमा कार्यरत किचनमा काम गर्ने सेफ सहित कर्मचारी र वेटरलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

गैरिधारामा कार्यरत सेफलाई कोरोना संक्रमण पुष्टी भएको हो भने वत्तिसपुतलीमा सेफ किचनका कर्मचारी र वेटरलाई कोरोना संक्रमण पुष्टी भएको हो ।

कति जनालाई कोरोना पुष्टी भएको विषयमा भने वाजेको सेकुवाका संचालक चेतन भण्डारीले स्पष्ट जवाफ दिएनन् । उनले आफुलाई कुनै जानकारी नभएको भन्दै अन्य कर्मचारीलाई कुरा गर्न आग्रह गरे । तर उनले सम्पर्कका लागि दिएका कर्मचारीसंग सम्पर्क हुन सकेन् ।

कोरोना संक्रमित ७ जनालाई सेन्टर किचन कमलपोखरीमा ४ दिनदेखि राखेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्