Logo

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टी




पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टी भएको छ । मन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी गराएका छन् ।

फेसबुकमा भट्टराईले लेखेका छन्, ‘गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमाण्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महशुस भयो । आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भरखरै जानकारी पाएको छु।’

भट्टराईले हालसम्म पनि हल्का ज्वरो बाहेक अरु समस्या नदेखिएको भन्दै केहि दिन यता आफुसँग सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रह गरेका छन् । उनले ‘कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ?’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्