Logo

उपत्यकामा १५३१ जना कोरोना संक्रमित थपिए, पछिल्लो २४ घण्टामा थप २२५३ जनामा संक्रमण पुष्टि



काठमाडौँ उपत्यकामा सोमबार थप १ हजार ५ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ११७८, ललितपुरका २५०, तथा भक्तपुरका १०३ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ३ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस्