Logo

बैज्ञानिक विधि र मापदण्डका आधारमा पिसिआर परिक्षण शुल्क निर्धारण गर्न अफिनको माग



निजी क्षेत्रद्वारा संचालित अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) तथा पिसिआर टेष्ट गर्ने निजी क्षेत्रद्वारा संचालित ल्यावहरुको बैठकले निजी क्षेत्रका ल्यावहरुलाई नागरिकको स्वास्थ्य परीक्षणमा वाधा पर्ने खालका कुनैपनि निर्णय गर्नु अगावै पेशागत मर्यादा, व्यवसायिक जिम्मेवारीलाई उच्चवोध हुनेगरी संयमित भएर सेवा संचालन गर्न अनुरोध गरेको छ ।

अफिनका अध्यक्ष बसन्त चौधरीद्धारा जारी विज्ञप्तीमा निजी क्षेत्रका ल्यावहरुले उठाएका मागलाई नाजायज भन्न नमिल्ने व्यहोरा पनि स्वीकार गरेको छ । तर अहिलेको विषम परिस्थितिमा यो विषय वैज्ञानिक एवम् तर्कसंगत ढंगबाट समाधान गर्नुपर्ने तर्फ विशेष जोड दिंदै पिसिआर टेष्टको शूल्क सम्बन्धमा सरकार र ल्याव संचालकहरुबीच यथेष्ट छलफल भई वैज्ञानिक विधि र मापदण्डको आधारमा शूल्क निर्धारण गरिदिन नेपाल सरकारलाई अफिनले माग गरेको छ ।

साथै यस विषयलाई सहि ढंगबाट समाधान गर्ने तर्फ एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) को सकारात्मक सहयोग सधैँ रहने व्यहोरा अनुरोध गर्दै वर्तमानमा देखिएको गतिरोध अन्त्यको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ल्याव संचालकहरुबीच वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्