Logo

प्रदेश ५ सभा भवनमा धर्ना दिदै कांग्रेस, होला त प्रदेश राजधानीको प्रस्ताव संसदमा पेश



नेपाली कांग्रेसले प्रदेश ५ सभा भवनमा धर्ना दिने भएको छ। प्रदेश संसदमा स्थायी राजधानीका लागि दाङको देउखुरी बनाउने गरि संसदमा प्रस्ताव पेश भएपछि कांग्रेस आन्दोलनमा उत्रिएको छ। रुपन्देही जिल्ला समितिले प्रस्ताव पेश भएसँगै चरणबद्ध आन्दोलन गर्दै आएको छ।

कांग्रेसको संसद घेराउ आन्दोलनलाई अन्य संघसंस्थाले पनि साथ दिने रुपन्देहीका कांग्रेस जिल्ला सभापति रब्दुल रज्जाकले जानकारी दिए। संसदमा धर्ना विहान १० बजे देखि सुरु हुने उनले बताए। १९ जना प्रदेशसभामा रहेका बहुमत सदस्य भने दाङको पक्षमा देखिएका छन्। रुपन्देही आसपासका सत्तारुढ दलका १४ सांसद दाङको विपक्षमा छन्।

नेकपाका महासचिव विष्णु पौडेल पनि बुटवलकै पक्षमा देखिएका छन्। सचिवालयका अन्य सदस्य दाङको पक्षमा उभिएपछि उनि सचिवालयमा एक्लिएका छन्। प्रदेश राजधानीको प्रस्ताव आज बस्ने संसद बैठकका पेश हुने भएपछि कांग्रेसले धर्ना कार्यक्रम राखेको छ।

प्रतिक्रिया दिनुहोस्