Logo

फ्रान्समा कोरोनाको दोस्रो लहरः मंगलबारदेखि बारहरु पूर्णतः बन्द हुने

दुई हप्तासम्म प्रतिबन्ध लागू गरेर भाइरस नियन्त्रणमा लिइने




काठमाडौं । फ्रान्समा कोरोनाको दोस्रो लहर सुरु हुन थालेको छ । फ्रान्सेली सरकारले भाइरस नियन्त्रण गर्न नयाँ प्रतिबन्धका नियमहरु लागू गर्दैछ, जसअनुसार मंगलबारदेखि बारहरु बन्द गरिने भएको छ ।

संक्रमण नियन्त्रणका लागि लागु गरिने नयाँ प्रतिबन्धको पूर्ण विवरण सोमबार सार्वजनिक गर्ने पेरिसका अधिकारीले बताएका छन् । ती प्रतिबन्धहरु दुई हप्ताका लागि हुने छन् ।

फ्रान्ससहितका युरोपेली देशहरुमा पछिल्लो समय कोरोना भाइरस महामारीको दोस्रो लहर चलेको छ।

फ्रान्समा आइतबार एकै दिन १२ हजार ५६५ जनामा संक्रमण पुष्टि भएको थियो । मार्सेइली शहरले यसअघि नै बार तथा रेस्टुरेन्टहरु बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्