Logo

आज असोज १८ : ज्ञानेन्द्रले देउवालाई असक्षम घोषणा गरेको दिन



आज असोज १८ गते । नेपालको लोकतान्त्रिक इतिहासमा एउटा कालो दिन हो । आज कै दिन तत्कालिन प्रधानमन्त्री नेपाली कांग्रेसका बर्तमान सभापति शेरबहादुर देउवालाई राजा ज्ञानेन्द्रले ०५९ मा असक्षमताको आरोप लगाउदै बर्खास्त गरेका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले ०५९ असोज १८ गते जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी शासन सत्ता आफ्नो हातमा लिएका थिए ।

देउवाले ०५९ जेठमा प्रतिनिधिसभाको अवधि दुई वर्ष बाँकी हुँदै मध्यावधि निर्वाचनमा जाने सिफारिस राजा ज्ञानेन्द्रसमक्ष गरे । उनको सिफारिस तत्कालीन राजा ज्ञानेन्द्रले तत्कालै सदर गरेपछि देउवा सरकार कामचलाउमा बदलियो । पछि तोकिएको समयमा आम निर्वाचन गर्न नसक्ने भन्दै निर्वाचन सार्न सिफारिस गर्न पुगेका तत्कालिन प्रधानमन्त्री देउवालाई ज्ञानेन्द्रले असक्षम भन्दै बर्खास्त गरे ।

देउवाले कात्तिक अन्तिममा चुनाव गर्ने भनेर प्रतिनिधिसभा विघटन गरे पनि चुनावको वातावरण बनेन । दलहरु अहिलेजस्तै बिभिन्न छलफल र विवादमा रुमलिरहेको मौका पारेर ज्ञानेन्द्रले भित्रभित्रै दलहरुभित्रै खेलेर अर्को तयारी गरे । अन्ततः ०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवा चुनाव गराउन असक्षम रहेको घोषणा गर्दै संविधानको धारा १२७ प्रयोग गरी उनलाई बर्खास्त गरे ।

प्रतिक्रिया दिनुहोस्