Logo

अहिंसा र शान्तिको आधार भनेको कम्प्रमाइज हो



महात्मा गान्धी, त्यो भन्दा अगाडि गौतम बुद्ध यही भुगोलमा जन्मिएर विश्वमा शान्तिको सन्देश दिएका छन् । सर्वप्रथम म गान्धीप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछु । महात्मा गान्धीको नेपालको लोकतान्त्रीक आन्दोलनमा पनि महत्वपूर्ण योगदान रहेको छ । गान्धीको विचारको आजका दिनमा पनि उत्तिकै सान्र्दभिकता छ । विश्व रंगमञ्चमा महात्मा गान्धी, गौतम बुद्धका सन्देशको सान्र्दभिकता झन झन बढ्दै गएको मानिसहरुले अनुभुती गर्न थालेका छन् ।

विश्वमा लोकतन्त्रको युग जब सुरु भयो, त्यसै बेलादेखि दुईवटा धारणाहरु अगाडि बढिरहेका छन् । एउटा विचारको राजनीति, र अर्को हतियारको राजनीति । विचारको राजनीतिलाई अगाडि बढाउनका लागि गान्धी र बुद्धले प्रेरणा दिएका छन् । तर आज विश्वमा विडम्बनाका रुपमा अगाडि बढिरहेको छ । गान्धी र बुद्धको बाटो भन्दा परमाणु र हाइड्रोजन बमको बाटो तिर दिनप्रतिदिन अगाडि बढिरहेको छ ।

सस्त्र अस्त्रको भण्डारमाथि बस्नु अर्थात बाघको घोडा चढ्नु उस्तै हो । बाघको घोडा चढ्दा सम्म थाहा हुन्न तर जब बाघबाट उत्रदा त्यही बाघले खान्छ । त्यसैले बाघबाट उत्रन धेरै जोखिपूण हुन्छ । विश्का राजनेताहरुले बाघको घोडाबाट ओर्लदाको जस्तो जोखिम मोलिरहेका छन् । तर्सथ गान्धी र बुद्धका विचारलाई वेवास्ता गर्दै आज विश्वलाई तनाबको क्षेत्र बनाइदै छ । हाम्रा छिमेकीहरुबीचमा पनि यस्तै तनाब भइरहेको छ ।

विश्वमा धेरै नागरिक भोकमारी रोगसंग लडिरहेका छन् । तर त्यही विश्वका केहि देशहरु सस्त्र अस्त्रको खेलो फड्कोमा लागिरहेका छन् । विश्वका शक्तिशाली देशहरु मानव हितमा भन्दा मानव हित विपरित सस्त्र अस्त्र बनाउने परमाणु बम बनाउनेमा धेरै लगानी गरिरहेका छन् । मानव हितकारी काम भन्दा मानवको विध्वंश गर्ने काममा विश्वमा बढि खर्च भइरहेको छ ।

गान्धी जयन्तीको अवसरमा विश्वले उहाँको विचारलाई अनुसरण गर्ने प्रण गर्नुपर्छ । म विश्वभरका नेताहरुलाई एउटा आग्रह पनि गर्दछु । गान्धीले आन्दोलन गर्दा, सत्याग्रह गर्दा हिंसा पछ्याउने ठूलो शक्तिालाई अपिल गर्नुभयो । हिंसा पछ्याउने ठुलो समुहको ह्दयलाई परिर्वतन गर्ने कोशिश गर्नुभयो । त्यही भएर त्यती ठूलो अंग्रज साम्राज्यसंग लडेर भारतमा शान्तिपूर्ण परिवर्त गराउनुभयो । गान्धीको विचारलाई अनुसरण गरेर अफ्रिकामा नेल्शन मण्डेलाले परिवर्तन गर्नुभयो । अमेरिकामा मार्टिन लुथर किले परिवर्तन गर्नुभयो । हामी पनि गान्धीको विचारबाट नै प्रभावित भएर लोकतन्त्रको लडाई लडेर परिवर्तन गरेका छौं ।

अहिंसा अर्थात शान्तिको आधार भनेको कम्प्रमाइज अर्थात संझौता हो । संझौताबाट सहमति र सहकार्य हुन्छ । आफ्नो मात्रै सवै ठिक अरुका विचार सवै गलत भने सहमति र सहकार्य हुन सक्दैन् । मेरो गोरुको बाह्रै टक्का भन्ने विचार गान्धीको विचार विरोधी हो । आफ्नो विचार र अर्कोको चाहनामा अर्कोको विचार र चाहानासंग कम्प्रमाइज गर्ने नै शान्तिको आधार हो ।

मैले नेपालको शान्ति प्रक्रियाका क्रममा शान्तिमन्त्री भएर शान्ति समितिको संयोजक भएका बेलामा पद्मरत्न तुलाधारको मध्यस्थतामा तत्कालिन माओवादीका केन्द्रीय सदस्य दिनेश शर्मासंग गरेको पहिलो वार्तामा भनेको थिए, बाघको घोडाका बारेमा । माओवादीसंग भएको १२ बुँदै संझौताले माओवादीलाई हतियार र सेना सहित नेपाली राजनीतिमा भित्राएको थियो । तर विस्तृत शान्ति संझौताले माओवादीको सेना एकातिर, सेना अर्को तिर र पार्टीलाई अर्कै तिर बनाएको हो । माओवादीलाई हामीले रेस्क्यु गर्ने दि आयो । प्रधानमन्त्री डा बाबुराम भट्टराई थिए । क्यान्टोमेन्टमा माओवादीका सेनाले विद्रोह गर्न थाले । माओवादीका नेताहरुमाथि नै जाइलाग्लान भन्ने अवस्था आयो । त्यो अवस्थामा प्रधानमन्त्री भट्टराई, प्रचण्ड जी, सुशील कोइराला र म भएर माओवादीका २८ वटै शिविरमा सेना पठाएर कन्टेनरको चावि नेपाली सेनालाई दिने हतियार र माओवादीलाई अलग गर्ने काम भयो । यसरी माओवादीलाई बाघको घोडाबाट ओराल्ने काम भयो ।

शान्ति संझौता पनि कम्प्रमाइज हो । कति हामीले कति माओवादीले मानेको हो । अहिलेको संविधान पनि कम्प्रमाइजको दस्तावेज हो । अब संविधान कार्यान्वयन गरेर अगाडि बढ्नुपर्छ । संविधानको दायारा मा रहेर हामी विकासको मुल बाटोमा अगाडि जान जरुरी छ । पटक पटक राजनीति प्रयोगको थलो बनाउने काम बन्द गर्न जरुरी छ । ७० वर्षपछि टुंगो लागेको राजनीति व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्छ ।

मेरो मात्रै हो भन्ने भावना परिवर्तन गर्नुपर्छ । संविधानले बनाएका मुल्य मान्यताहरुलाई अगाडि बढाउन पर्यो । संविधानका अंगहरुलाई काम गर्न दिन पर्यो । संवैधानिक अंगहरुलाई अदालतलाई सत्ताको छाँया बन्नबाट रोक्न पर्यो । सत्ताको इसारामा संवैधानिक निकाय पनि चल्ने सत्ता शक्ति भएकाहरुले मात्रै राज्य उपयोग गर्ने अनि गरिब निमुखाहरु सधै मरेको मरै हुन् । अहिलेको राजनीति व्यवस्थाको, अहिलेको संविधानको मर्म पनि यस्तो होइन् । त्यसैले संविधानको मर्म अनुसारको व्यवहार हामीले पनि गर्न जरुरी छ । निमुखालाई न्याय दिन जरुरी छ । विपन्नलाई आयको बाटो देखाएर सम्पन्न बनाउन जरुरी छ । संवैधानिक अंगलाई आफ्नो सुविधामा प्रयोग गर्ने कुराबाट हामीहरु अलग हुनपर्छ । नेताहरुको सुविधाका लागि होइन नेतापनि संविधानको दायारामा रहनुपर्यो । हामी पनि अनुशासित हुन पर्यो । जनताको सुविधाका लागि आफ्नो आकाक्षाहरुलाई कम्प्रमाइज गर्न पर्यो । सवै मै हुँ भन्ने ठालुतन्त्रको अन्त्य हुनुपर्छ ।

काग्रेस वरिष्ठ नेता पौडेलले गान्धी जयन्ती तथा अन्तराष्ट्रिय अहिसा दिवसका अवसरमा महेन्द्र नारायण निधी स्मृती प्रतिष्ठानले आयोजना गरेको गान्धी, अहिंसा र नेपालको शान्ति प्रक्रिया विषयक कार्यक्रममा गरेको सम्बोधन

प्रतिक्रिया दिनुहोस्