Logo

पूर्व मिस नेपाल शृङ्खला खतिवडाकी आमालाई कोरोना संक्रमण



मिस नेपाल २०१८ शृङ्खला खतिवडाकी आमा एंव बागमती प्रदेश सभा सदस्य तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना पोजेटिभ देखिएको छ।

असोज ५ गते हेटौंडाबाट काठमाडौ आएपछि रुघाखोकी लागेर लक्षण देखिएपछि पिसिआर चेक गर्दा पोजेटिभ आएको सिग्देलले बताइन्। सिग्देल काठमाडौ मै होम आईसोलेसन रहेकी छिन्। अहिले उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

उनी प्रतिनिधि सभा सांसद विरोध खतिवडाकी श्रीमती तथा हुन्। सिग्देलको परिवारका सदस्यहरुलाई भने कोरोना देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्