Logo

सभापति देउवाका निर्णय विरुद्ध विरोध पत्र बुझाउदै पौडेल समुह



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले सभापति शेरबहादुर देउवाले गरेका पछिल्ला निर्णय सच्याउन माग गर्दै आज विरोधपत्र दर्ता गर्ने भएको छ । आइतवार अन्तिम चरणमा आएर विरोध पत्र दर्ताको काम स्थगित भएको हो ।

पौडेल समूहका नेता नविन्द्रराज जोशीका अनुसार उक्त विरोधपत्र अब आज बुझाउन लागिएको हो । नेता जोशीले दिउँसो १ बजेपछि विरोध पत्र दर्ता गरिने जानकारी दिए । विरोधपत्रमा पूर्वमहामन्त्री कृष्ण सिटौला समुहको भने हस्ताक्षर छैन् ।

सभापति देउवाले क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तारका काम विधान मिचेरै आफूखुसी गरेको भन्दै पछिल्लो समयमा गरिएका निर्णय सच्याउनुपर्ने माग पौडेल समूहको थियो ।

शनिबार काठमाडौँको बसुन्धरामा सम्पन्न पौडेल समूहको भेलाले सभापति देउवलाई पछिल्ला निर्णय सच्याउन दबाब दिनुपर्ने भन्दै हस्ताक्षर समेत संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्