Logo

ओली र दाहालका मन्त्री बनाउने मापदण्ड आ आफ्नै, मन्त्रीमण्डल पुर्नगठनमा ढिलाई



प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल मन्त्रीमण्डल पुर्नगठनमा सहमत भएपनि मन्त्रिपरिषद पुनर्गठनका लागि मापदण्डमा भने सहमत हुन सकेका छैनन् । प्रधानमन्त्री ओलीले मन्त्री नफेरिकन खाली रहेका मन्त्रालय र टुक्र्याइएका मन्त्रालयमा मात्रै मन्त्री राख्न चाहेका छन्।

यसो गर्दा तीन राज्यमन्त्री हटाउने हो भने ६ जना मन्त्री थप्न मिल्छ। तर प्रचण्डले मापदण्डका आधारमा पुराना हटाएर नयाँ थप्नुपर्ने अडान राखेका कारण मन्त्रिपरिषद पुनर्गठनमा ढिलो भएको बताइएको छ ।

मन्त्रिपरिषद पुनर्गठनमा दुई अध्यक्ष सहमत भएको भए पनि पुनर्गठनको मापदण्डबारे सहमति हुन नसक्दा ढिलो भइरहेको नेकपा उच्च स्रोतको भनाई छ । उच्च स्रोतका अनुसार प्रधानमन्त्रीले अरू मन्त्री नचलाइकन ६ जनामात्रै थप्न खोजेको र दाहालले केही न केही पुनर्गठनको सन्देश दिनुपर्ने अडानमा देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्