Logo

सुन्दै पीडा हुने खबरः बसको ठक्करबाट स्कुटरमा सवार आमाबाबु र छोराको मृत्यु



काठमाडौं । बसको ठक्करबाट बारामा एकै परिवारका तीन जनाको ज्यान गएको छ । स्कुटरमा सवार आमाबाबु र उनीहरुका एक वर्षका छोराको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।


आइतबार दिउँसो साढे ४ बजे जितपुर सिमरा उपमहानगरपालिका १ स्थित पुर्वपश्चिममा ना ४ ख ७२४४ नम्बरको बसले प्रदेश न २–०३–००४ प ४४४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

निजगढबाट पथलैयातर्फ जाँदै गरेको बसले निजगढतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो। उक्त ठक्करबाट निजगढ नगरपालिका–१० का २५÷२६ वर्षीय तिर्थ मान स्याङ्तान, उनकी श्रीमती २२÷२३ वर्षीया ज्योती स्याङ्तान र एक वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्