Logo

‘पञ्चायतले पनि मच्चाउन नसकेको काण्ड ओलीले मच्चाइरहेका छन्’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई धराशयी बनाउँदै लगेको जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

शनिबार राजधानीमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ओली नेतृत्वको सरकारले देशलाई आर्थिक रुपमा धरासायी बनाउँदै लगेको बताएका हुन् ।

कम्युनिष्ट नेतृत्वको सरकारले देशलाई आर्थिक रुपमा मात्रै नभएर आफू पनि राजनीतिक रुपमा धरासायी बन्दै गएको उनले बताए। उनले भने, ‘कम्युनिष्ट पार्टीको सरकार भएका विश्वका अन्य मुलुकहरुमा कम्युनिष्टहरुले मुलुकलाई धरासायी पारे र आफू पनि त्यसरी नै धरासायी भए। अहिले त्यही बाटोमा नेपाल पनि छ । भ्रष्टाचार काण्डैकाण्डमा सरकार फसेको छ । यतिका काण्ड त पञ्चायती समयमा पनि भएका थिएनन् होला ।’

अध्यक्ष यादवले अहिलेको सरकार र कम्युनिष्ट पार्टीबाट मुकुकको कुनै समस्या हल हुन नसक्ने भएकाले वैकल्पिक शक्तिको आवश्यकता रहेको उनले बताए । जनता उपचार र खाना नपाएर मरिरहेको भएपनि सरकारले कुनै वास्ता नगरेको उल्लेख गर्दै उनले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्