Logo

बर्बरतापूर्ण काम तुरुन्त बन्द गर्न कांग्रेस नेता केसीको आग्रह



सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई प्रहरीले अभद्र व्यवहार गरेको भन्दै कांग्रेसका नेता अर्जुननरसिंह के सिले आपत्ति जनाउनुभएको छ ।

डा केसिकाे स्वास्थ अवस्था बुझ्न नेका पुर्वसहमहान्त्री केसी साथमा नेका नुवाकोटका नेका सभापति जगदिश्वर नरसिह केसि चिकित्सक सघका पुर्व अध्यक्ष डा केदार नरसिह केसि लगायत टिचिङ पुग्नुभएको थियो ।

कांग्रेस नेता केसीले सत्याग्रहमा बसेका डा केसीलाई भेट गरेर प्रहरी प्रशासनले अभद्र व्यवहार गर्दै अपहरण शैलीमा नियन्त्रणमा लिएको घटना अत्यन्तै आपत्तिजनक र निन्दनीय भएको बताउनु भयो । केसिले नागरिकले शान्तिपुर्ण रुपमा आफ्ना कुरा राख्न पाउने संवैधानिक हकको हनन गरेको भन्दै राज्यले निर्लज्जता र बर्बरतापूर्ण काम तुरुन्त बन्द गर्न समेत आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्