Logo

मठ, मन्दिर सुरक्षित व्यवस्थापनमा खुला गर्न माग



काठमाडौं । नेपालका मठ,मन्दिरहरु सुरक्षित र सहज व्यवस्थापनमा खुला गर्न विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियले माग गरेको छ ।

लकडाउन र निषेधआज्ञाका नाममा सम्पूर्ण मठ, मन्दिर, देवस्थल बन्द गरिनुआवश्यक नभएको र श्रद्धालुहरुको भावना विपरीत रहेको भन्दै महासंघले सरकारसँग यस्ता माग गरेको हो ।

महासंघका महासचिव अस्मिता भण्डारीले एक विज्ञप्ति जारी गर्दै यस वर्षको कालरात्रि पूजामा पनि सरकारले रोक लगाउने तयारी गरेको भन्दै यस्तो नगर्न खबरदारी गरेकी छिन् । । विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले दैवी शक्तिको स्रोतबाट नेपाल राष्ट्रको एकीकरणको शक्ति आर्जन गरिबस्केको तथ्यगत मान्यताअनुासार कोतमा रहेका हातहतियार र निशानको पूरा, फूलपाती, महाअष्टमीका दिन कालरात्रि पूजा हर्षोल्लास र भव्यताका साथमा सुसम्पन्न गर्ने परिम्परा रहिआएको छ ।’

प्रतिक्रिया दिनुहोस्