Logo

कोरोनाको भ्याक्सिन सफल भएमा माइनस ८० डिग्रीमा सुरक्षित गर्नुपर्ने



काठमाडाैं । कोरोना भाइरसविरुद्धको खोप सफल भएमा यसलाई सुरक्षित राख्न अर्को समस्या थपिने भएको छ । यस्तो खोपलाई माइनस ८० डिग्रीमा राखेर सुरक्षित राख्नुपर्ने हुन्छ । अहिले कोरोना भाइरस विरुद्ध लड्नका लागि विश्वभरमा १७० भ्याक्सिन माथि काम भइरहेको छ । तीमध्ये ३० वटा क्लिनिकल ट्रायलका क्रममा रहेका छन् ।

अनुसन्धानकर्ताहरुका अनुसार, यति चिसो तापक्रम केबल दक्षिणी ध्रुवको रहेको छ । यद्यपी स्टोरेज कम्पनीहरुको प्रयास रहेको छ कि,चाहे जस्तोसुकै भ्याक्सिन बनोस्, त्यसलाई मानिसहरु समक्ष सुरक्षित पुर्याइनेछ ।

हाल अमेरिकी फार्मा कम्पनीहरु मोडेर्ना र फाइजर, जर्मनी कम्पनीहरु बायोएनटेक र क्योरभेक म्यासेन्जर आरएनए आधारित भ्याक्सिनमाथि काम गरिरहेका छन् ।

फुटबल मैदानजति ठूलो स्टोरेज सुविधा तयार

अमेरिकी लजिस्टिक कम्पनी यूपीएसले नेदरल्याण्डमा फुटबल मैदान जति ठूलो स्टोरेज सुविधा तयार गरेको छ । त्यहाँ दुई मिटर अग्ला दर्जनौँ फ्रीजर राखिएको छ, जुन माइनस ८० डिग्री तापक्रममा राख्न सकिन्छ । कोभिड–१९ को भ्याक्सिन त्यहीँ राखिनेछ । भ्याक्सिन त्यहीँबाट मानिसहरु समक्ष पुर्याइनेछ ।

एउटा फ्रीजरमा भ्याक्सिनको ४८ हजार डोज राख्न सकिने

यूपीएस हेल्थ केयरका प्रमुख अनूक हेसेनका अनुसार, जर्मनी र अमेरिकामा यूपीएसको एयर कार्गाे नजिकै यस्तो सेन्टर बनाइरहेको छ । जहाँ करिब ६०० फ्रीजर राखिनेछ। त्यस्तो एउटा फ्रीजरमा भ्याक्सिनको ४८ हजार डोज राख्न सकिनेछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्