Logo

भारतबिरुद्ध जासुसी गरेरे चीनलाई सहयोग गरेको आरोपमा नेपाली पक्राउ



काठमाडौं । भारतमा एक नेपाली सहित तीन जना पक्राउ परेका छन् । भारतमा बसेर जासुसी गरेको आरोपमा दिल्ली पुलिसले एक नेपालीसहित ३ जनालाई पक्राउ गरेको हो । उनीहरूले दिल्लीको महिपालपुरमा एउटा कम्पनी खोलेको र त्यही कम्पनीबाट विभिन्न कारोबार गरेको स्पेशल सेलका डीसीपी सञ्जिवकुमार यादवले जानकारी दिए ।

चिनियाँ गुप्तचरलाई पत्रकार शर्माले सन् २०१६ २०१८ बीचमा दस्तावेज दिएको डीसीपी यादवको दावी छ । दिल्ली पुलिसले यस बिषयमा थप अनुसन्धान गरेर नाम सार्वजनिक गर्ने बताएको छ।पक्राउ गरेको छ।

भारती सेना र रक्षा सम्बन्धी महत्वपूर्ण दस्तावेज बेचेको आरोपमा भारतका स्वतन्त्र पत्रकार राजिव शर्मासहित एक चिनियाँ महिला र नेपाली पुरूषलाई पक्राउ गरेको दिल्ली स्पेसल सेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्