Logo

मन्त्रीमण्डल पुर्नगठन : प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच फेरि मनमुटाव



सत्तारुढ नेकपामा प्रधानमन्त्री एंव अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका बीचमा फेरि मनमुटाव सुरु भएको छ । दुई अध्यक्षका बीचमा मन्त्रीमण्डल पुर्नगठनका बारेमा मनमुटाव सुरु भएको हो । कार्यकारी अध्यक्ष दाहाल कम्तीमा १० मन्त्री फेर्ने आफ्नो चाहना रहेको प्रचण्डले बताएका छन् ।

तर, प्रधानमन्त्री ओलीले भने पदासीन मन्त्री नहटाउने बरु रिक्त रहेका तीन र मन्त्रालय फुटाएर दुई गरी पाँच मन्त्री मात्र नियुक्त गर्ने चाहना राखेको उच्च स्रोतहरूले जनाएका छन् । दाहाल दुई वर्ष पुगेका मन्त्रीहरू हटाउने वा को को राख्ने भन्दा पनि कार्य क्षमताका आधारमा मुल्याङ्कन गर्नुपर्ने पक्षमा छन् ।

तर ओली दुई वर्ष पुगेका सबै मन्त्री परिवर्तन गर्ने पक्षमा छैनन् । मन्त्रिमण्डल पुनर्गठन गर्दा प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि सहमतिमा ल्याउनुपर्ने अवस्था छ । पार्टीभित्र विधि र प्रक्रियाको आवाज उठाउँदै आएका नेता नेपालको माग सम्बोधन गर्नेगरी मन्त्रीहरु हेरफेर हुने नेताहरु बताउँछन् ।

ओलीको तयारी भनेको अहिले बाँकी रहेका पाँच मन्त्रालयमा आफु दाहाल र नेपालका बीचमा भागबण्डा गर्ने सोचमा छन् । असोजको दोस्रो हप्तासम्ममा मन्त्रिमण्डल फेरबदल भइसक्ने नेताहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्