Logo

ओलीले दिएमात्र दाहाल कार्यकारी अध्यक्ष, नदिए उधारो नै अध्यक्ष



सत्तारुढ नेकपाका नेताहरूले अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको भनिएको कार्यकारी अधिकार कार्यान्वयन गरिनुपर्ने माग गरेका छन् । भदौ २६ गते पार्टी स्थायी कमिटी बैठक बसेपछि प्रधानमन्त्री एवम्‌ पहिलो वरियताका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयदेखि चलेको विवाद अन्त्य भएको भनिएको छ। तर, नेताहरूले विवाद नै अन्त्य नभइसकेको र सहमति कार्यान्वयन गर्ने या नगर्ने भन्ने विषयले पार्टीको आगामी भविष्य तय गर्ने बताएका हुन्‌।

केपी ओलीले सहमति कार्यान्वयन गरे मात्र सहमति कार्यान्वयन हुने छ । त्यो सहमति कार्यान्वयन भएमात्र दाहाल कार्यकारी अध्यक्ष बन्नेछ । पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि दाहाललाई अब पार्टी बैठकको अध्यक्षता गर्ने, पार्टीलाई वैचारिक नेतृत्व दिने, सङ्गठनात्मक रूपमा नेतृत्व गर्नेलगायतका अधिकार प्राप्त भएको छ।

तर, दाहाललाई कार्यकारी अधिकार दिएपनि ओलीले पार्टीमा आफ्नो अधिकार घटाएका छैनन्। पार्टी र सरकारको अधिकार छुट्याएपनि पार्टी बैठकको अध्यक्षता भने दुवै जनाले गर्ने नेकपाले निर्णय गरेको थियो। दाहालले राजनितिक जीवनमा आफूलाई सधैँ कार्यकारी अधिकारमै राखेका छन्।

तत्कालीन नेकपा मसालको महामन्त्रीबाट सुरु भएको उनको कार्यकारी अधिकारमा पार्टी एकतापछि पूर्णविराम लागेको थियो। तत्कालीन एमालेसँग पार्टी एकता भएपछि दाहालले आफ्नो कार्यकारी अधिकार गुमाएका थिए। उनीमाथि ओली हावी भइरहेका छन्‌।

अब अध्यक्ष दाहालले कार्यकारी अधिकार पाइसकेपछि प्रधानमन्त्री ओली पहिलो वरीयतामै रहेपनि सेरेमोनियल जस्तो देखिने नेताहरूले आशा गरेका छन्‌। तर ओली त्यसैमा चित्त बुझाएर बस्न नसक्ने एकाथरी नेताहरु बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्