Logo

प्याजः हिजो ६० आज ७५

भारतले निकासी रोक्दा नेपाली बजार प्रभावित



काठडमाडौं । भारतले प्याजको निर्यात रोक्दा त्यसको प्रभाव नेपालको बजारमा पनि परेको छ । हिजो सोमबार काठमाडौंको बजारमा प्याजको मूल्य ६० रुपैयाँ थियो भने आजै ७५ रुपैयाँ पुगेको छ । प्रतिशतको हिसाबले यो २५ को वृद्धि हो ।

कालिमाटी तरकारी तथा फलफूल बजारको थोक मूल्यसूचीअनुसार भारतीय सुकेको प्याजको मूल्य किलोमै २५ प्रतिशत मूल्यबृद्धि भएको हो ।

भदौ २९ गते किलोको औषत मूल्य ६० रुपैयाँ रहेको देशकै ठूलो तरकारी बजारमा आज बढेर ७५ रुपैयाँ पुगेको बजारले जानकारी दिएको छ ।

उपभोक्ता मूल्यो यो भन्दा धेरै बढेको छ। उपभोक्ता मूल्य काठमाडौंका विभिन्न ठाउँमा फरकफरक मूल्य हुने गरेको छ ।

भारतको केन्द्रीय सरकारले सोमबारमात्र प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो। अस्वाभाविक मूल्य वृद्धि भएपछि प्याज निर्यातमा भारतीय सरकारले रोक लगाएको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्