Logo

अमेरिकामा डढलोः ट्रम्पले भने, ‘कमजोर वन व्यवस्थापनले हो,जलवायु परिवर्तनले होइन’

ट्रम्प जलवायु अपराधी हुन्– जो बाइडेन



एजेन्सी । अमेरिकाको क्यालिफोर्निया र ओरिगन राज्यमा लागेको भीषण आगलागीपछि त्यहाँ जलवायु परिवर्तको मुद्दाले फेरि एक पटक चर्चा पाएको छ ।

यहि कारण सीमित समयका लागि भए पनि अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जलवायु परिवर्तनको विषय चर्चाको केन्द्रमा आएको हो ।

कोरोना भाइरसको महामारी र रंगभेद विरोधी आन्दोलनका कारण जलवायु परिवर्तनको मुद्दा छायामा पर्दै आएको थियो ।

तर क्यालिफोर्निया, ओरिगन तथा वासिङ्गटन राज्यका विभिन्न क्षेत्रमा भीषण डढेलो लागेसँगै जलवायु परिवर्तनको मुद्दा अगाडि आएको हो । अगस्टको सुरुदेखि फैलिएको डढेलोका कारण झण्डै २० लाख हेक्टर क्षेत्र डढेको छ । अहिलेसम्म आगलागीका कारण कम्तीमा ३५ जनाको ज्यान गएको अमेरिकी अधिकारीले बताएका छन् ।

वैज्ञानिक तथा डेमोक्र्याट र संरक्षणकर्मीहरुले हरेक वर्ष भयानक बन्दै गएको डढेलोको समस्या जलवायु परिवर्तनका कारण रहेको र तत्काल उपयुक्त प्रयासको खाँचो रहेको बताउँदै आएका छन् । तर हप्तौँसँग डढेलोबारे मौन रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने डढेलोको कारण जलवायु परिवर्तन नरहेको बताएका छन् ।

भीषण डढेलोको चपेटामा परेको पश्चिमी तटीय राज्य क्यालिफोर्नियाको भ्रमणमा गएका ट्रम्पले जलवायु परिवर्तनलाई लिएर व्यक्त गरिएको चासो खारेज गरेका छन् । जलवायु परिवर्तन सम्बन्धी चासो खारेज गरेका ट्रम्पले क्यालिफोर्नियाका अधिकारीलाई ‘अब अवस्था चिसिन थाल्ने’ बताए ।

जलवायु परिवर्तनलाई शंकाका रुपमा हेर्ने र छल भन्दै आएका ट्रम्पले डढेलोको वास्तविक कारण कमजोर वन व्यवस्थापन रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्