Logo

५५ वर्षीया महिलाको मृत्युपश्चात कोरोना पुष्टि



पर्सा । बाराकी एक ५५ वर्षीया महिलाको मृत्युपश्चात उनमा कोरोना भाइरस संक्रमण भएको पाइएको छ ।
बारा डुमरवाना निवासी ५५ वर्षकी महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान सवा ११ बजे उपचारको लागि ती महिला वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएकी थिइन् ।

डाइबिटिज र निमोनियाको समेत समस्याले पीडित महिलामा कोरोनासित मिल्दोजुल्दो लक्षण देखिएको थियो ।

अस्पतालको आइसीयू कक्षमा राखेर उपचार गर्ने क्रममा सोमबार साँझ सवा सात बजे मृत्यु भएको नारायणी अस्पतालका प्रबक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्