Logo

कांग्रेसका यी दर्जन नेता केन्द्रीय समितिमा प्रवेशको जबरजस्त तयारी गर्दै



नेपाली कांग्रेसको १४ औं महाधिवेशनको रस्साकस्सी सुरु भएको छ । महाधिवेशनको मिति अझै टुंगो लागेको छैन् । तर पनि सभापतिदेखि देखि केन्द्रीय समिति सदस्यहरुका लागि नेताहरुले आ आफ्नो तयारी थालेका छन् । कांग्रेसको पहिलो पुस्ताका नेताका रुपमा सभापति शेरबहादुर देउवा रामचन्द्र पौडेललाई लिने गरिन्छ ।

त्यसैगरि दोश्रो पुस्तामा उपसभापति बिमलेन्द्र निधी, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह तथा केन्द्रीय सदस्य डा शेखर कोइराला, अर्जुननरसिंह केसी डा रामशरणलाई लिने गरिन्छ । यी नेताहरु अहिले सभापतिको उमेदवार को बन्ने भन्ने रस्साकस्सीमा देखिन्छ । त्यसै गरि अर्को पुस्ताका नेताहरु अहिले केन्द्रीय समितिमा छन् । उनीहरु युवा नेताका रुपमा महाधिवेशनमा आ आफ्नो तयारी थालेका छन् । युवा नेताको समुहमा चन्द्र भण्डारी, बद्री पाण्डे, जीवन परियार, गगन थापा, गुरु घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, धनराज गुरुङ, उदयशम्सेर राणा,सुरेन्द्र पाण्डे, रामकृष्ण यादव, सरिता प्रसाई, किरण यादव लगायतका नेताहरु रहेका छन् ।

त्यसैगरि यो पुस्ताभन्दा पछाडिको पुस्ता पनि पार्टीको १४ औं महाधिवेशनका जबरजस्त रुपमा अगाडि आउने देखिएको छ । नेपाल विद्यार्थी संघ र तरुण दलको राजनीतिमा रहेका तथा भरखरै नेपाल विद्यार्थी संघ र तरुण दलबाट विदा लिएका नेताहरुको १४ औं महाधिवेशनमा जबरजस्त रुपमा आफुलाई प्रस्तुत गर्ने तयारीमा रहेका देखिन्छ ।

पार्टीको १४ औं महाधिवेशनमा पार्टीको केन्द्रीय समितिमा प्रवेशका लागि तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, महासचिव भुपेन्द्रजंग शाही, नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महर, रन्जीत कर्ण, पूर्वमहामन्त्रीहरु मनोजमणी आचार्य, प्रतिमा गौतम, कुन्दनराज काफ्लेले १४ औं महाधिवेशनमा पार्टीको केन्द्रीय समितिमा प्रवेशका लागि जबरजस्ती तयारी गरिरहेका छन् ।

त्यसैगरि पूर्व उपाध्यक्ष प्रमोदहरी गुरागाँई, गुरु बराल, पूर्व कोषाध्यक्ष विनोद बान्तवा, पूर्व सहमहामन्त्री मिथिलेश मिश्र, बर्तमान नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले पनि केन्द्रीय सदस्यका रुपमा पार्टीको केन्द्रीय समितिमा प्रवेशको कसरत गरेको देखिन्छ । त्यसैगरि सांसद प्रकाश स्नेहीले पनि केन्द्रीय समितिमा प्रवेशका लागि तयारी थालेका छन् । स्नेही १३ औं महाधिवेशनमा नै थोरै मतान्तरले केन्द्रीय सदस्यमा पराजित भएका थिए ।

कांग्रेसको १४ औं महाधिवेशनका सवैभन्दा शक्तिशाली यो समुह बन्ने देखिन्छ । नेविसंघकी पूर्वमहामन्त्री गौतम पनि १३ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलको समुहबाट केन्द्रीय सदस्यको उमेदवार बनेकी थिइन् । नेपाली विद्यार्थी संघ र नेपाल तरुण दलको राजनीतिमा क्रियाशील भइरहेको र पार्टी नेतृत्वका लागि परिक्षण हुन बाँकी रहेकाले यो समुहमा रहेका कसैलाई पनि रोक्ने सक्ने क्षामता कमैमा हुनेछ । अर्को तर्फ कांग्रेसको महाधिवेशनमा आउने महाधिवेशन प्रतिनीधिहरुसंग पनि प्रत्यक्ष रुपमा चीरपरिचित यही समुह हुने धेरैको बुझाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्