Logo

मास्क प्रयोग गर्नेको शरिर बिस्तारै भाइरस विरोधी बनिदिन्छ – विज्ञान जर्नल



काठमाडौं । मास्कमा मसिना छिद्र हुन्छन्, जसबाट भाइरस त प्रवेश गर्न सक्छन् तर पानीका मसिना कण प्रवेश गर्न सक्दैनन् । भाइरस संक्रमितको सम्पर्कमा आइरने मानिसहरुले मास्क प्रयोग गरिरहँदा त्यस्ता पानीका मसिना कण मास्कमै टाँसिन पुग्छन् । केही थोरै संख्यामा मात्रै भाइरसहरु शरिरभित्र प्रवेश गर्छन् । ती कम संख्याका भाइरसहरुलाई शरिरको प्रतिरक्षा प्रणालीले नष्ट गरिदिन्छ । नयाँ भाइरसको शरिरभित्र प्रवेश गरेको थाहा पाएपछि शरिरले एन्डिबडी उत्पादन गर्न थाल्छ ।

कम संख्याका भाइरस प्रवेश गर्दा त्यसै पनि शरिरलाई हानी गर्दैन, तर शरिरले भने नयाँ एन्टिबडी उत्पादन गर्न चाहिँ थाल्छ । यो क्रम चलिरहँदा नयाँ भाइरसविरुद्ध शरिर तयार हुन थाल्छ र कुनै पनि बेला ठूलो मात्रामा भाइरस शरिरभित्र प्रवेश गरेरमा इम्युन भइसकेको शरिरमा कुनै असर गर्दैन ।

जस्तो कि पहिले पहिले ठेउला रोगको खोप आउनु अघि मानिसहरुले निरोगी मानिसको शरिरमा धातुले चोट लगाउँथे । त्यसबाट सामान्य घाउ र सामान्य संक्रमण हुन्थ्यो । त्यो संक्रमण निको पार्न शरिरले उत्पादन गर्ने एन्टिबडीले ठेउला हुन दिँदैन थियो ।

अहिले केही वैज्ञानिकहरुले यहि फर्मूला मास्क प्रयोग गर्दा कोरोना भाइरसविरुद्ध काम गर्ने दावी गरेका छन् ।

न्यु इन्ग्ल्याण्ड जर्नल अफ मेडिसिन, मोनिका गान्धी र जर्ज डब्लु रदरफोर्ड अफ युनिभर्सिटी अफ क्यालिफोर्निया बीचको सम्वादका क्रममा बैज्ञानिकहरुले यो तर्क अगाडि सारेका हुन् ।

ठेउलाविरुघ धातुले घाउ बनाउने विधिलाई चिकित्सा विज्ञानमा ‘भाइरोलेसन’ भन्ने गरिन्छ । त्यही भाइरोलेसनको काम मास्कले गर्ने उनीहरुको विश्वास हो ।

प्रतिक्रिया दिनुहोस्