Logo

नेकपाको संगठन गर्ने शिक्षकको पिछलग्गु बन्यो ओखलढुंगा शिक्षक संघ, जिल्ला अध्यक्षलाई स्पष्टीकरण सोध्ने तयारी



शिक्षकको तलबबाट खल्ती भर्दै नेकपाको संगठन गर्दै हिड्ने ओखलढुंगाको बरुणेश्वर उच्च माविका प्रध्यानाध्यपक कुलप्रसाद खतिवडाललाई कारवाही गर्न नहुने भन्दै नेपाल शिक्षक संघ ओखलढुंगा खतिवडाको पिछलग्गु बनेको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष नारद बाँस्तोलाले सिंगो शिक्षक संघको आर्दश सिद्धान्त विपरित संगठनलाई खुल्लेआम नेकपाको राजनीतिमा उत्रिएका शिक्षक कुलप्रसाद खतिवडाको पिछलग्गु बनाएका छन् ।

नेपाली कांग्रेस पार्टीको नाम बेचेर नेकपाका शिक्षकसंग भागबण्डा गर्नेहरुको कब्जामा ओखलढुंगा शिक्षक संघको नेतृत्व पुगेकाले प्रतिष्पर्धी शिक्षक संगठनको पिछलग्गु हुन पुगेको शिक्षक संघ आवद्ध इमान्दार शिक्षकहरुको भनाई छ । शिक्षक संघका जिल्ला अध्यक्ष नारायण प्रसाद बाँस्तोलाले सिंगै संगठनलाई प्रतिष्पर्धी संगठन र नेकपाको राजनीति गर्ने शिक्षक खतिवडालाई जोगाउन लागेको भन्दै जिल्ला कार्यसमितिमा समेत असंतुष्टी बढेको छ ।

तत्कालिन एमाले र तत्कालिन एकिकृत माओवादी आवद्ध शिक्षक संगठनसंग संयुक्त विज्ञप्ती निकाल्दै शिक्षक संघका जिल्ला अध्यक्ष बाँस्तोलाले सर्वसाधरणलाई लोभलालचमा पारेर नेकपामा आफै अतिथि भएर प्रवेश गराउदै हिड्ने शिक्षकको पक्षमा वकालत गरेर शिक्षक संघको सिद्धान्त र चरित्रलाई समेत घुमिल बनाएको शिक्षक संघ आवद्ध शिक्षकहरुको भनाई रहेको छ ।

अझ विज्ञप्तीमा संविधानले ग्यारेण्टी गरेको वाक स्वतन्त्रता, प्राज्ञिक स्वतन्त्रता र ट्रेडयुनियन अधिकार उपयोग गरेको भनिएको छ । एउटा जनताको करबाट तलब खाने शिक्षकले एउटा पार्टीको नारा सगर्व आफ्नो फेसबुकमा पोष्ट गर्नुलाई वाक स्वतन्त्रता, प्राज्ञिक स्वतन्त्रता र ट्रेडयुनियन अधिकार उपयोग भन्न नमिल्ने अधिकांश नागरिक समाजका प्रवुद्धहरुको भनाई रहेको छ ।

यसैबीच शिक्षक संघका अध्यक्ष बाँस्तोलाले सिंगै संगठनलाई आफ्नो प्रतिष्पर्धी संगठनमा एक अमुक व्यक्तीका लागि सर्मपर्ण गरेको भन्दै नेपाल शिक्षक संघको संघीय कार्यसमितिले स्पष्टीकरण सोध्ने तयारी गरेको छ । नेपाल शिक्षक संघको संघीय केन्द्रीय समितिमा जिल्ला अध्यक्ष बाँस्तोलाको कुकर्मका बारेमा उजुरी परिसेकेको छ ।

कोरोनाका कारण केहि असहज परिस्थिती भएका कारणले संघीय केन्द्रीय समितिका छलफल गर्न असहज भएकाले निर्णयमा पुग्न केहि ढिला भएपनि स्पष्टीकरण सोध्ने प्रक्रिया अगाडि बढेको केन्द्रीय समिति सम्बद्ध स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्