Logo

कोरोना संक्रमितका लागि बरदान बन्दै ह्ययम्स अस्पताल

वरिष्ठ डाक्टर आफै उपचारमा भिडे : पूर्वउद्योग राज्यमन्त्री बादे



जेठको अन्तिम साता काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालले कोरोना संक्रमितको उपचार शुरु गर्दा धेरैले सरकार मापदण्ड पुरा नगरेको भन्दै आलोचना गरेका थिए । तर अहिले ह्याम्स अस्पताल कोरोना संक्रमित विरामीका लागि बरदान नै हुन थालेको छ । राजधानीका धेरै अस्पताल कोरोना संक्रमितको उपचारका लागि विभिन्न बाहना देखाएर भागिरहेका बेलामा ह्याम्स अस्पतालले कोरोना संक्रमितको उपचार थालेको थियो । पछिल्लो समय कोरोना संक्रमितका लागि अलगै कोभिड वार्ड नै बनाएर उपचार थालेको छ ।

ह्याम्स अस्पतालबाट झण्डै पाँच दर्जन जति कोरोना संक्रमित निको भएर फर्केका छन् । उपचार गरेर फर्कने मध्येका पूर्व उद्योग राज्यमन्त्री एंव कञ्चनचन्द बादेपनि हुन् । कोरोना संक्रमण भएको ११ दिनपछि ह्याम्स अस्पताल पुगेका बादेको स्वास्थ्य अवस्था जटिल बनेको थियो । तर ह्याम्स अस्पतालका चिकित्सकहरुको मेहनतका कारण उनी स्वस्थ्य भएका घर फर्केका छन् । बादेले अस्पतालको व्यवहारले विरामी आधा बन्दा बढि विरामी निको हुने बताए । मुटुको अपरेशन गरिसकेको बादेको मुटुको अपरेशन ह्याम्स अस्पतालका कार्यकारी निर्देशन डा जोतेन्द्र शर्माले नै गरेका थिए । कोरोना संक्रमण भएर ह्याम्समा रहेका बेलामा डा मनबहादुर केसी, डा जोतेन्द्र शर्मा लगायतका चिकित्सक र सिंगो ह्याम्स अस्पतालको टिमले नै सहयोग गरेको बादेले बताए ।

ह्याम्स अस्पतालले सय भन्दा बढि कोरोना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिसकेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर जोतेन्द्र शर्माले जानकारी दिए । शर्माले आलोचनाका बीचमा पनि भविश्यमा कोरोनाका विरामीको उपचार गर्दिन भन्न नपाईने दिन आउने विश्लेषण गरेर नै आफुहरुले जेठ अन्तिम साताबाट नै संक्रमितको उपचार थालेको बताए ।

अहिले ह्याम्स अस्पतालमा पूर्व उद्योग राज्यमन्त्री बादे जस्तै वरिष्ठ प्रसुुति रोग विशेषज्ञ डा भोला रिजालका दम्पतिले पनि उपचार गराइरहेका छन् । ह्याम्समा विषेशगरि निजामति सेवाका कर्मचारीहरु, उद्योगी तथा मुटु रोगीहरु सुरक्षित भइने विश्वासले उपचार गर्न पुग्ने गरेका छन् । ह्याम्स अस्पतालले पनि विरामीहरुको विश्वासलाई जोगाइरहेको छ ।

कार्यकारी निर्देशन शर्माले आफ्नो अस्पताललाई विश्वास गरेर आउने विरामीलाई चिकित्सको धर्म अनुसार फिर्ता नगरि उपचार गराएको बताए । उनले सुरुमा पनि कोरोना संक्रमितहरुले ह्याम्स अस्पतालमा नै उपचार गराउने भनेपछि आफुहरुले जेठ अन्तिममा कोरोना संक्रमितको उपचार थालेको बताए । वरिष्ठ प्रसुतीरोग विषेशज्ञ रिजाल दम्पतिको पनि स्वास्थ्यमा सुधार भएको छ । आफ्नो ज्वरो कम हुँदै गएको डा रिजालले बताए ।

अहिलेसम्म कोरोनाको संक्रमणबाट ह्याम्स अस्पतालमा ४ जनाको निधन भएको छ । उनीहरुको आईसियुमा उपचार भइरहेको अवस्थामा निधन भएको हो । शर्माका अनुसार निधन भएका चारै जना अस्पताल भर्ना भएको दुई चार घण्टामा नै निधन भएको हो । निधन भएका सवै विरामी अन्तिम अवस्थामा मात्र अस्पताल पुगेका थिए । शर्माले सुरु सुरुमा सरकारी अस्पतालमा उपचार निःशुल्क भएकाले तोकिएका अस्पतालमा जान आग्रह गर्दा विरामी र आफन्त नमानेकाले आइसीयुमा राखेर उपचार थालेको बताए ।

शर्माले विश्वभर फैलिएको महामारीका बेलामा राज्य र नागरिकलाई पनि सहयोग गर्नका लागि उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले विश्व स्वास्थ्य संगठनको गाइडलाइन अनुसार सुरक्षा उपकरणसहित उपचार गरिरहेको शर्माको भनाई छ ।

शर्माले कोरोना संक्रमिताई छोएर नै उपचारमा संलग्न हुनुपर्ने स्वास्थ्यकर्मीले पनि क्‍वारेन्टाइनमा बस्‍न नपर्ने गरी सुरक्षा विधी अपनाइएको बताए । उनका अनुसार दक्ष चिकित्सक र नर्सहरु कोरोना संक्रमितको उपचार संलग्न छन् । ह्याम्स अस्पतालमा २० वटा भेन्टिलेटर रहेको पनि शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्